१. संविधान : विशेषताहरू, नागरिकता सम्बन्धी व्यवस्था, मौलिक हक र कर्तव्य, राज्यका निर्देशक सिद्धान्तहरू, नीति तथा दायित्व, राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (संघ, प्रदेश र स्थानीय तह) ।
२. शासकीय स्वरूप : संघीयताको अवधारणा, सघ प्रदेश र स्थानीय तहको ढाँचा, विभिन्न तहका सरकारका एकल र साझा अधिकार क्षेत्रहरू, विभिन्न तहका सरकारहरूबीच समन्वय र सहकार्यका आधारहरू, जिल्ला समन्वय समितिको भूमिका, नगर वा गाउँपालिकाहरूको अधिकार र जिम्मेवारी, वडा कार्यालयको अधिकार र जिम्मेवारी ।
३. शासन व्यवस्थाः लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका प्रयासहरू, विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, संघीय राज्यको स्थापना, प्रदेश र स्थानीय तह, जिल्लाहरू, राजनीतिक दलहरू, निर्वाचन प्रणाली र प्रतिनिधित्व।
४. आर्थिक विकास तथा परिसूचकहरू :
४. आर्थिक विकास तथा परिसूचकहरू :
(४. - क) आर्थिक विकासका आधारहरू (कृषि, जलश्रोत, पर्यटन, उद्योग, रोजगारी), आर्थिक विकासमा निजी क्षेत्र र सहकारीको भूमिका,
(४. - ख) आर्थिक परिसूचकहरू (आर्थिक वृद्धि, कुल ग्राहस्थ उत्पादन, प्रति व्यक्ति आय, व्यापार घाटा, विप्रेषण, वैदेशिक लगानी, वैदेशिक सहयोग) र
(४. - ग) पूर्वाधार विकासको अवस्था (सडक, हवाई यातायात, विद्युत, टेलिफोन र इन्टरनेट सेवा, सिंचाई), बागमती प्रदेशको आवधिक योजनाबारे आधारभूत जानकारी ।
५. सामाजिक अवस्था : शिक्षा, स्वास्थ्य, गरिबी, लैङ्गिक विकास, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाहरू, समाजमा विद्यमान विकृतिहरू (दाइजो, बालविवाह, छाउपडी, बालश्रम, छुवाछुत)
६. दिगो विकास : दिगो विकास र दिगो विकासका लक्ष्यहरू
७. सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको विकास र उपयोग : सूचना प्रविधिको विकास र सार्वजनिक क्षेत्रमा यसको उपयोग (मालपोत, यातायात लगायत अन्य क्षेत्रहरू)
खण्ड ख - सार्वजनिक सेवा
१. सुशासन : अवधारणा र विशेषताहरू, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक वडापत्र, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाइ, कर्मचारीको आचरण, अनियमित कार्य र भ्रष्टाचारनियन्त्रण सम्बन्धी व्यवस्थाहरू, सम्पत्ति विवरणर आम्दानीको स्रोत
२. सहकारीको सिद्धान्त र मूल्यहरू एवम् सहकारीको विकास, प्रवर्द्धन र नियमनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका
३. व्यावसायिक तथा सामाजिक सघ संस्थाहरू (उद्योग तथा व्यापारसँग सम्बन्धित संघ संस्थाहरू, सहकारीका प्रदेश र जिल्ला सघहरू, नेपाल रेडक्रस सोसाइटी, रोटरी इन्टरनेसनल, लायन्स क्लब्स इन्टरनेसनल र नेपाल जेसीज, ट्रेड युनियन, नेपाल पत्रकार महासघ, टोल विकास संस्था, उपभोक्ता समितिर अन्य सहयोगी संस्थाहरू)
४. कर्मचारी प्रशासनका विविध पक्षहरू: भर्ना, नियुक्ती, सरुवा, कार्यसम्पादन मूल्याङ्कन, बढुवा, अवकास, योगदानमा आधारित पेन्सन र उपदान सम्बन्धी व्यवस्था, कर्मचारी युनियनको भूमिका
५. प्रदेश लोक सेवा आयोगको भूमिका र अधिकार
६. भ्रष्टाचार निवारणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका
७. विकास निर्माणका कामहरूमा वातारवणीय प्रभाव मूल्याङ्कन सम्बन्धी व्यवस्थाहरू
८. विपद् व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका र जिम्मेवारी
९. महत्त्वपूर्ण कानूनी व्यवस्थाहरू:
९.१ स्थानीय प्रशासन ऐन, २०२८
९.२ निजामती सेवा ऐन, २०४९
९.३ भ्रष्टाचार निवारण ऐन, २०५९
९.४ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८
९.५ प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ (बागमती प्रदेश)
९.६ सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४
Preview - Bagmati province 5th Level Guidance | Second Paper | E- Book